कनकाई अनलाईन
पठन संस्कृतिको बिकास सँगै सुसंस्कृत युवा नेतृत्व बनाऔ भन्ने मुल उदेश्यका साथ कनकाईमा ३१ सदस्यीय पुस्तकालय निर्माणका लागि डीपीएल टिम कनकाई गठन भएको छ ।
पहिलो चरणमा डाइनामिक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष श्री भेषराज न्यौपाने ज्युको प्रमुख अतिथित्यमा समिति गठन कार्यक्रम सम्पन्न भएको हो ।
साथै अतिथिमा डिपिएल राष्ट्रिय युथ टिमका अध्यक्ष बिनोद उप्रेती र डि पि एल युथ टिम दमक अध्यक्ष आशिष न्यौपानेको समेत सहभागिता रहेको थियो । समितिको अध्यक्षमा मदन प्रसाईं , बरिस्ठ उपाध्यक्षमा नारायणप्रसाद कट्टेल , उपाध्यक्षहरुमा बिसाल कडेल र धुर्ब खरेल, महासचिव कोमल न्यौपाने , कानुनी सल्लाहकारमा डिल्लीराम घोर्साई , कोषाध्यक्ष ः तारा देवी उप्रेती , सचीवः भिम राजवंशी , सह–कोषाध्यक्ष ःयेशु मैनाली , टिन्स् कोडिनेटर सन्दिप सिटौला , जन–सम्पर्क अधिकारीमा रोशन राई , टिम म्यानेजर ः बिशाल सिटौला , कला तथा संगीत कोडिनेटरमा अमन कुमार गुप्ता , पुस्तक तथा पुस्तकालय म्यानेजर ः श्रीजन श्रेष्ठ , स्वास्थ्य संयोजक ः सरोज ठाकुर र सदस्यहरुमा रोशन ढकाल , कृष्ण खतिवडा , अभिषेक परियार , प्रीती कुमारी शाह , अनमिका राजवंशी , पुजा शाह , कुशल खतिवडा , दिपेस सोरेन , रोजिना निरौला , सुस्मिता न्यौपाने , खेमराज सिवाकोटी , सबिन खरेल , प्रतीक्षा ढुङ्गेल , महेश खरेल , रमेश बिमली र पिताम्बर पाठक रहनुभएको छ । यसैगरि सल्लाहकारमा कनकाई बहुमुखी क्याम्पसका प्राध्यापक रुद्र बहादुर थापा रहनु भएको छ । कार्यक्रम कनकाई बहुमुखी क्याम्पसमा भएको थिथो । कार्यक्रममा कनकाई नगरपालिका वडा नंः ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया डीपीएल नेपालका संस्थापक अध्यक्ष श्री भेषराज न्यौपाने,कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका प्रमुख बिकास उप्रेती उपप्रमुख शेरबहादुर बानिया , डीपीएल राष्ट्रिय युथ टिमका अध्यक्ष बिनोद उप्रेती लगायातले शुभकामना राख्नुभएको थियो ।
नव गठित डीपीएल कनकाई समुहले कनकाई नगरपालिकामा पब्लिक लाइब्रेरी खोल्ने र विभिन्न तालिम तथा ब्याक्तित्व बिकासका कार्यक्रमहरु बक्ताहरुको कुनो, उद्यमशिल बहस ,साहित्यिक कार्यक्रम, सीप बिकास तालिम र विभिन्न समाज रुपान्तरणमा महत्व राख्ने कार्यक्रमहरु सन्चालन गर्ने बताइएको छ ।