कनकाई अनलाईन
सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई परिवार नियोजनका ५ साधनहरुको पहुचयोग्य अस्पतालमा रुपमा घोषणा गरिएको छ ।
कनकाई नगरपालिका स्वास्य साखाको आयोजनामा विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतमको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मापदण्ड पुरा गरेको घोषणा गरिएको हो । जसमा परिवार नियोजनका साधनहरु पिल्स, डिपो, कण्डम, इम्प्लान्ट र आइसिडि रहेका छन । ती सेवाहरु सबै स्वास्थ्य कार्यालयमा कार्यालय समयमा सबै निशुल्क उपलब्ध हुने स्वास्थ्य साखाका जनस्वास्थ्य निरिक्षक नारायण अधिकारीले बताउँनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई,कनकाई ८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवाल, अस्पतालका मेडिकल अधिकृत डाक्टर मनिस तिम्सिना, डाक्टर अभिषेक नायक लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन कनकाई नगरपालिका स्वास्थ्य साखा प्रमुख खगेन्द्र दंगालले गर्नुभएको थियो ।