Kanakai Online

नव जागरण सम्वृद्धि बहुउद्धेश्यीय सहकारीको ८ औ साधरणसभा


शनिवार, पौष २४, २०७८ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा संचालित नव जागरण सम्वृद्धि बहुउद्धेश्यीय सहकारी संस्थाको आठौ साधरणसभा सम्पन्न भएको छ ।
सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा भएको साधरणसभामा प्रदेशसभा सदस्य तथा पुर्व सहकारी मन्त्री समेत रहनुभएका हिराकुमार थापाले धेरै सहकारीले नाम अनुसारको काम नगरेको भन्दै यसमा नव जागरण सहकारी अलग भएको बताउँनुभयो । धेरै सहकारीहरुले आफ्नो लक्ष्य अनुसार अब्बल हुन नसकेको बताउँदै सरकारले समेत अनुगमन गर्न नसकेको बताउँनुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष जनार्दन उप्रेतीले कोरोना कहरमा विच पनि सहकारीले गत बर्षको तुलनामा १०८ प्रतिशत भन्दा वढी नाफा कमाउन सफल बनेको बताउँनुभयो । सहकारीले मल विउ बिजन सहितको सहकारी पसलको समेत संचालनमा ल्याउन ल्याइसकेको र चाडै डेरी समेत संचालनमा ल्याउन लागेको जानकारी दिनुभयो । सहकारीले कृषकलाई लक्षित गरि कार्यक्रम र अनुदानमा ऋण समेत उपलब्ध गराउन लागेको समेत जानकारी दिनुभयो । कार्यक्रममा कनकाई नगरपालिका सहकारी संस्थाका प्रमुख हरिप्रसाद पौडयाल, कनकाई नगरपालिका ३ का वडासदस्य युवराज चम्लगाई, भगवती साकोसका अध्यक्ष ख्याम प्रसाई, सहकारीकर्मी तेजबहादुर आचार्य, सिद्धार्थ बैँकका सुरुङ्गा साखा प्रमुख श्याम नेपाल लगायातले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको संचालन सहकारी संस्थाका सचिव बद्रीकुमार दाहालले गर्नुभएको थियो ।