Kanakai Online

जसपाको समायोजन कार्यक्रम,३१ सदस्यीय नयाँ कार्य समिति गठन


शनिवार, पौष २४, २०७८ |

शरणामती।जनता समाजवादी पार्टी झापा गाउँ समितिले झापा गाउँपालिकामा समायोजन कार्यक्रम सम्पन्न गरेको छ।

शनिवार झापा गाउँपालिका-४ स्थित डिल्लीराज माविको सभाहलमा सम्पन्न कार्यक्रममा जसपाले विष्णु महतोको अध्यक्षतामा ३१ सदस्यीय नयाँ झापा गाउँपालिका कार्य समिति समेत गठन गरेको छ।

झापा गाउँ समितिका इन्चार्ज हर्कराज खालिङ राईको अध्यक्षता र प्रदेश नं १ कि सांसद राधा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न समायोजन कार्यक्रममा समाजवादी निकट संघीय विद्यार्थी युनीयन समिति समेत गठन गरिएको छ।संजिव यादवको अध्यक्षतामा गठित ९ कार्यसमितिमा उपाध्यक्ष धिरज गणेश,सचिवमा कल्पना राजबंशी,सह-सचिव प्रीती पोधार र कोषाध्यक्षमा मनिषा गणेश निर्विरोध चयन भएका छन।

कार्यक्रममा जसपाका झापा जिल्ला अध्यक्ष दिपेनवाला राईले जनता समाजवादी पार्टीनै संघीयता ल्याउने पहिलो पार्टी रहेको दावी गरे।उनले नेपालमा व्याप्त बर्गीय विबेदलाई जरो देखि उखाल्न जसपाको नेत्रीत्व चाहिने बताए।

कार्यक्रममा प्रमुख अतिथी थापाले नवगठित समितिलाई बधाई दिदै जसपाले नेतृत्वमा महिलालाई समानरुपले समेट्ने जिकिर गरिन।महिला सहभागीतालाई समेत नेतृत्वमा ल्याउनु आजको आवश्यकता हो उनले थपिन।

प्रदेश कमिटि सदस्य गौरीमान राईले संचालन गरेको कार्यक्रममा जिल्ला कार्यकारी सदस्य सन्तोष गणेशले स्वागत मन्तब्य राखेका थिए।त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य मोतीलाल कामती,आदिवासी जनजाती महासंघका झापा जिल्ला अध्यक्ष भरत श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए।