शरणामती।झापाली समाज कतारले बाह्रदशी गाउँपालिका-६ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो ज्याकेट वितरण गरेको छ।समाजले गौरीशंकर विद्यालयमा अध्ययन गर्ने विपन्न तथा न्यून आय वर्गका ५० विद्यार्थीलाई ज्याकेट वितरण गरेको हो।
गौरीशंकर विद्यालयका भुपु विद्यार्थीहरु महेन्द्र चौलागाईं र विष्णु कार्कीको समन्वयमा झापाली समाजले उक्त ज्याकेट वितरण गरेको विद्यालयका स-प्रधानाध्यापक तुलाराम निरौलाले बताए।विदेशमा पसिना बगाएर,गाँस काटेर भए पनि नेपालका विपन्न परिवारका छात्रछात्रालाई यो जाडोमा ज्याकेट वितरण गरेको भन्दै उनले खुसी प्रकट गरे।
झापाका अगुवा युवा सुनिल थापाको संयोजकत्वमा गरिएको ज्याकेट वितरण कार्यक्रमको संचालन अगुवा युवा प्रतीक राजबंशीले गरेका थिए भने रूप कुमारी राई, ताला मुर्मु, यादव बोहोरा लगायतको उपस्थिती रहेको थियो।