Kanakai Online

आहा! ज्याकेट “तेरो पनि उस्तै मेरो पनि उस्तै”


शुक्रवार, पौष २३, २०७८ |

केशब चापागाईं

शरणामती।झापा गाउँपालिका-६ चप्रमारी प्राथमिक विद्यालयका विद्यार्थी सुक्रबार निक्कै खुसी देखिन्थे।चिटिक्क परेको नयाँ ज्याकेट लगाएर एक अर्काको मुख तिर हेर्दै मुस्कान साटासाट गर्दै थिए।´तेरो पनि उस्तै,मेरो पनि उस्तै` खुसीले गदगद हुँदै कक्षा १ मा अध्ययन गर्ने बिरेन मण्डलले साथीलाई जिस्काए।अगाडि र पछाडी फर्किदै ज्याकेटले आफुँलाई जचेको छ छैन हेर्दै कक्षा १ मा अध्ययनरत सुनिल मर्डीले ज्याकेट आफुँलाई राम्रो लागेको सुनाए।

अर्की फुलमुनि सोरेनको समेत खुसीको सिमानै थिएन।दाँतका लहर देखाउदै उनले खुसी व्यक्त गरिन।साना-साना कुराले नै केटाकेटी मस्तिष्कमा ठूलो खुसी दिने गर्दछ।

चप्रमारी प्राविका विद्यार्थीलाई यो खुसी दिने नेकपा(एकीकृत समाजबादी)पार्टीको भातृ संगठन युवा संघ नेपाल झापा थियो।युवा संघले झापा-६ चप्रमारी प्राविका ४० विद्यार्थीका लागि जाडोमा न्यानो ज्याकेट कोसेली लिएर आएको थियो।युवा संघ झापा जिल्ला कमिटीका अध्यक्ष सुनिल थापाको टोलीले केन्द्रीय सदस्य निलमणी बरालको प्रमुख आतिथ्यता तथा युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य तथा शिव सताक्षी-७ का वडा अध्यक्ष नवीन इजम र एकीकृत समाजवादी पार्टी बिर्तामोड नगर कमिटी अध्यक्ष श्री सिटौलाको विशिष्ट आतिथ्यतामा विद्यालयका प्रधानाध्यापक हरिसंखर मिश्रा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि पराजुलीलाई साक्षी राखेर विद्यार्थीहरुलाई न्यानो ज्याकेट वितरण गरेको छ।

विपन्न तथा कम आय भएका विद्यार्थीहरुले ज्याकेट पाएर अब जाडोमा दैनीक विद्यालय आउने वातावरण बनेको भन्दै प्रअ मिश्रले खुसी व्यक्त गरे। वितरण कार्यक्रममा प्रमुख अतिथी बरालले युवा संघ झापाले विपन्न पढ्ने विद्यालयका साना नानीबाबुलाई न्यानो ज्याकेट प्रदान गर्ने सह्रानीय काम गरेको भन्दै खुसी प्रकट गरे।

यस अघि समेत युवा संघकै नेतृत्वमा झापाको कमल गाउँपालिकाका विद्यार्थीलाई समेत ज्याकेट वितरण गरिएको भन्दै भोलि कनकाईको विद्यालयमा समेत ज्याकेट वितरण गर्ने कार्यक्रम रहेको झापा जिल्ला अध्यक्ष थापाले बताए।जिल्ला सचिव प्रतीक राजंबसीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य युवा संघ नेपाल कनकाई नगर कमिटिका अध्यक्ष पुर्ण श्रेष्ठले राखेका थिए।