Kanakai Online

जिल्ला कमिटीका लागि एमालेले ताेक्याे तीन बुँदे मापदण्ड


बिहिवार, पौष २२, २०७८ |

काठमाडाैं, २२ पुस-नेकपा (एमाले)को जिल्ला अधिवेशन २३ पुसमा हुँदैछ । अघिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड ७७ वटै जिल्लामा सर्कुलर गरेको छ । 
 

यी हुन् मापदण्ड

१-पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भइ काम गरिसकेको हुनुपर्नेछ ।

२- सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तिमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ । 

३-एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।न्युज कारखाना