Kanakai Online

शरणामती आयुर्वेद औषधालयद्वारा सचेतना साथै औषधिजन्य बिरुवा वितरण


सोमवार, पौष १९, २०७८ |

शरणामती।झापाको झापा गाउँपालिकामा रहेको शरणामती आयुर्वेद औषधालयले स्थानीय जडिबुटी परिचयात्मक कार्यक्रम गर्दै औषधीजन्य बोटबिरुवा समेत वितरण गरेको छ।

औषधिका लागि समेत प्रयोग हुने बोटबिरुवाहरु अमला,जामुन,बेल,तेजपात र निमको बिरुवा बितरण गरिएको आयुर्वेद शाखा प्रमुख नरेन्द्र प्रसाद चौधरीले बताउनु भयो।औषधालयले गाउँपालिकामा रहेका ७ वटै वाडमा दुई चरणमा कार्यक्रमको आयोजना गर्दै आयुर्वेद सम्वन्धी सचेतना दिदै न्युनतम ७० जनालाई बिरुवा वितरण गरेको चौधरीले बताए।

कार्यक्रममा एलोपेथिक औषधि सेवनमा भन्दा आयुर्वेदिक औषधि सेवनमा जोड दिनुपर्नेमा सचेतना दिइएको थियो।सोमबार १,२ र ४ वडाका करिव ५० जना वडाबासीमा आयुर्वेद सम्बन्धी सचेतना दिइएको थियो।वडाध्यक्षहरु नेत्रबहादुर खड्का,राजकुमार यादव,समाजसेवीहरु काजीबहादुर खत्री,सुन्दरलाल गणेश लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन गंगाराम भट्टराईले गर्नु भएको थियो।