Kanakai Online

झापा गोल्डकपको बिजयी टिमले १२ लाख ५५ हजार पाउने


सोमवार, पौष १९, २०७८ |

कनकाई अनलाईन
मोफसलको लोकप्रिय मध्ये मानिने झापा गोल्डकपको पाचौ संस्करण आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडमा हुने भएको छ ।
कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको झापा गोल्डकपकोको यस सिजन हुन लागेको आइतवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराएको हो । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले झापा गोल्डकपको बिजयी र उपबिजयी हुने टिमले नगद रु १२ लाख ५५ हजार र ६ लाख ५ हजार पाउने पत्रकार सम्मलेनमा जानकारी दिनुभयो ।

त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद रु २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु नौ हजार ९९९ पाउनेछन् ।

प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनको लागि रु एक करोड ४० लाख लागत अनुमान गरिएको छ । महासचिव पौडेलकोे नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ ।