Kanakai Online

झापामा ४४ ग्राम ब्राउनसुगर सहित राई पक्राउ


आइतवार, पौष १८, २०७८ |

कनकाई अनलाईन
जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकडभिट्टा लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टाको प्रहरी टोलीले आइतवार मेचीनगर ६ स्थित बसपार्कबाट ४४ ग्राम खैरो हिरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।
दिउसो ४ बजेतीरको समयमा मोरङ्ग रतुवामाई नगरपालिका ५ बस्ने २६ बर्षिय लावन हाङ राईलाई पक्राउ गरेको हो । राईलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ गरेका उनलाई म्याद थप गरि कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसन्धान अघि वढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर