Kanakai Online

होटल व्यावसायी संघ क्षेत्रिय समिति सुरुङ्गामा कुमार श्रेष्ठ


आइतवार, पौष १८, २०७८ |

कनकाई अनलाईन

सुरुङ्गा । होटल व्यावसायी क्षेत्रिय समिति सुरुङ्गाको अध्यक्षमा कुमार श्रेष्ठ सर्वसम्मत हुनुभएको छ । हालै सम्पन्न होटल व्यावसायीहरुको आम भेलाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समितिको गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा चन्द्रा बुडाथोकी, उपाध्यक्षमा तिलक श्रेष्ठ, सचिवमा सुरेश तिवारी, सहसचिवमा कैलास बराल र कोषाध्यक्षमा पिताम्बर पाठक लगायात सर्वसम्मत हुनुभएको छ । यसैगरि सदस्यहरुमा अर्जुन भट्टराई,लक्ष्मण श्रेष्ठ, पुनम राई, झुमा गौतम, सुरेन्द्र आङथोपो र कुमार वास्तोला रहनुभएको छ । यसैगरि वरिष्ठ सल्लाहकारमा ख्याम ओली, मिनकुमार प्रधान, हरि सेडाई, प्रकाश चुडाल, होमनाथ बिमली र कमल चापागाईलाई समेत सल्लाहकारमा राखिएको छ ।
यसैविच होटल व्यावसायी संघ क्षेत्रिय समिति सुरुङ्गाको आयोजनामा पुर्वअध्यक्षहरुलाई सम्मान सहित विविध मनोरञ्जनात्मक खेल र नृत्य प्रतियोगिता समेत सम्पन्न गरिएको छ । पुर्वको चर्चित पर्यटकिय स्थल धनुषकोटी धाममा आयोजित कार्यक्रममा होटल व्यावसायी संघका संस्थापक तथा पुर्व अध्यक्षहरु हरिभक्त सिटौला, वेदप्रसाद खतिवडा, होम बिमली र कमल चापागाँईलाई सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई होटल व्यावसायी संघ प्रदेश अध्यक्ष राजन दंगाल, जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठ, होटल व्यावसायी संघ जिल्लाका सचिव ख्याम ओली, होटल व्यावसायी संघ क्षेत्रिय समिति अध्यक्ष कुमार श्रेष्ठ लगायातले सम्मान गर्नुभयो । सोही अवशरमा विभिन्न खेलहरु हण्डी फुटाई म्युजिकल चियर लगायातका खेलहरु संचालन गरि बिजयी तथा उपबिजयी प्रतियोगिलाई सम्मान समेत गरिएको थियो ।