कनकाई अनलाईन
राष्ट्रिय जनगणना २०७८ को महाअभियान कनकाई नगरपालिकामा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको घरबाट तथ्याङ्ग लिदै सुरु भएको छ ।
आज राष्ट्रिय जनगणनाका स्थानीय जनगणना अधिकारी झापा गाउँपालिका र कनकाई नगरपालिकाका प्रमुख प्रेम न्यौपानेले नगरप्रमुखको जनगणना लिदै अभियानको सुरुवात गर्नुभएको हो । कार्यक्रममा वार्डअध्यक्ष, प्रहरी प्रमुख मानबहादुर जिम्बा, जनगणना सहायक डिल्ली विक लगायातको उपस्थिति रहेको थियो ।
कनकाई नगरपालिकाका ९ वटै वार्डमा कोहिपनि नछुटुन भनेर सबैको साथ र सहयोग तथा अभियानमा आआफ्नो विवरण भर्नका लागि नगरप्रमुख पोखरेलले सबै समक्ष आग्रह गर्नुभयो ।