कनकाई अनलाईन
एमाले निकट नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडयालले खेलाडीहरुले जितेका मेडललाई आधार मानेर लोकसेवाकै परिक्षाझै स्वरोजगारको प्रवन्ध सरकारले गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज सुरुङ्गामा भएको दिलमाया स्मृति कपको तयारीका वारेमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै अझैपनि देशमा खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण व्यापक नभएको र खेलमा लागेर छोराछोरी बिग्रिन्छन मात्रै भन्ने आम धारण रहेको भन्दै यो धारणा रहेसम्म खेलमा विकास हुन नसक्ने बताउँदै धारणा परिवर्तनका लागि पनि सरकारले खेलेरै खेलाडी बाच्न सक्ने वातावरण श्रृजना गर्नुपर्ने बताउँनुभयो । केपी ओली नेतृत्वको सरकारले यी सबै वातावरण बनाइ सकेको अवस्थामा सरकार ढालेको भन्दै फेरि ओली सरकारमा पुगे यी माथिका सबैकुरा पुरा गर्ने नेता पौडेलको दावी थियो ।
भोली देखि झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुकी ममतामयी माताको स्मृतिमा हुन लागिरहेको झापा क्षेत्र नम्बर ४ स्तरीय वार्ड स्तरीय फुटबल प्रतियोगिताको तयारीका वारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको हो । सुरुङ्गास्थित होटल डिलाइटमा भएको पत्रकार सम्मेलनमा माननीय एलपी साँबा र उहाँको परिवारबाट झापा ४ क्षेत्रनम्बका सबै २८ वार्डका खेलाडीलाई खेल सामाग्री प्रदान गर्नुभयो । पत्रकार सम्मेलनमा मुल आयोजक समितिका संयोजक सुनिल भेटवालले कार्यक्रमको वारेमा जानकारी दिनुभएको थियो ।
Trending
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम
- झापा गाँउपालिकाले ६३० जना विद्यार्थीलाई दियो छात्रवृत्ति