कनकाई अनलाईन
नेपाली माइकल ज्याक्सन उपनामले परिचित चर्चित गायक धिरज राई नयाँ बर्ष २०२२ मनाउन सुरुङ्गा आउने भएका छन ।
सुरुङ्गास्थित होटल क्वीन प्यालेसमा आज शुक्रवार साँझ ६ बजेदेखि धिरज राईले सुरुङ्गा तताउने भएका छन ।
होटल क्वीन प्यालेसमा नयाँ बर्षको उपलक्ष्यमा गायक धिरज राई लाईभ साँझको कार्यक्रमको आयोजना गरिएको होटल क्वीन प्यालेसका संचालक बिजय गजुरेलले बताउँनुभयो । विश्वका धेरै देशका परिकारहरु चखाउदै आएको यस क्षेत्रको होटल क्वीनमा यसअघि समेत नेपालका चर्चित गायिका मिलन अमात्य, चर्चित हास्य कलाकार मनोज गजुरेल लगायातका कलाकारहरुले ग्राहकलाई साङगितिक मनोरञ्जन प्रदान गरिसकेका छन । यसपट होटल क्वीनले चर्चित गायक धिरज राईलाई होटलमा उतारेको छ । राईका फ्यानहरुले उनका कालजयी गितहरु सुन्दै नयाँ बर्षलाई स्वागत गर्नेभएका छन ।