Kanakai Online

दोश्रो दमक कप भलिबल प्रतियोगिताको उपाधि आयोजकको पोल्टामा


शुक्रवार, पौष १६, २०७८ |

दमक। झापाको दमकमा सम्पन्न दोश्रो दमक कप अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि आयोजक दमकले जितेको छ।बिहिबार सम्पन्न फाइनल खेलमा चिरप्रतिद्वन्द्वी बिर्तामोडलाई सोझो सेटमा पाखा लगाउँदै आयोजक दमकले उपाधि जितेको हो। पहिलो सेट २५-१७ ले जितेको उसले दोश्रो सेटमा २५-२१ र तेश्रो सेटमा २५-२० को जित निकाल्दै दमकले उपाधि उचालेको हो । जितसँगै दमकले नगद एकाउन्न हजार हात पारेको छ । उपविजेता बिर्तामोडले नगद एकतीस हजार प्राप्त गर्यो । त्यस्तै फाइनल खेलको म्यान अफ दि म्याच दमकका लक्ष्मण भण्डारी भए । वेष्ट स्पाइकर बिर्तामोडका रोशन डाँगी, वेष्ट ब्लकर दमकका कृष्ण तामाङ, वेष्ट सर्भर बिर्तामोडका पुष्कर पाण्डे, वेष्ट सेटर दमकका कप्तान मुस्कान लिम्बु, उदीयमान खेलाडी बुद्धशान्तिका योगराज अधिकारी, अनुशासित खेलाडी कनकाईका कप्तान सुमन कट्वाल र सर्वोत्कृष्ट खेलाडी दमकका प्रकाश लावती भए । उनीहरूले जनही एक हजार हात पारे। प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रमुख अतिथि लोक गायक एलपी जोशी, दमक खेलकुद विकास समितिका संयोजक भिमराज चौलागाई,दमक भलिबल संघका अध्यक्ष तेजु धिमाल, हिमालय माविका प्रधानाध्यापक दोर्ण श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए। दमक भलिबल संघको आयोजनामा सम्पन्न सो प्रतियोगितामा झापाका १२ पालिकाको सहभागिता रहेको थियो।