Kanakai Online

कनकाईले लालपुर्जानै दिन नसक्ने अबस्था भएमा जोतभोग प्रमाणित मात्रै भएपनि दिने


बिहिवार, पौष १५, २०७८ |

सिएम शर्मा / सुरुङ्गा-कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले चुनावताका जनता संग गरेको प्रतिबद्धता सम्झदै लालपुर्जानै बितरण गर्न सक्ने अबस्था भएन भनेपनि अाफ्नै पालामा जोतभोग प्रमाणीतको पुर्जा मात्रै भएपनि दिने वताएका छन ।

बुधवार बाट सुरुभएको कनकाई नगरपालिकाको दशौँ नगर अधिवेसनमा नगरप्रमुख पोखरेलले नगर भित्ररहेका भुमिहिन सुकुम्बासी लाई धनिपुर्जा बितरणको लागि नगरका केही वडामा नापिको काम सकिएको केही वडामा हुँदै गरेको , केहि वडामा बाँकि रहेको र नापिको काम निरन्तर चलिरहेको बताउदै सकेसम्म अाफ्नो कार्यकाल भित्रै नगरवासी लाई धनिपुर्जा बितरण गर्ने प्रतिबद्धता दोहोर्‍याएका हुन । काम गर्दै जाने क्रममा यदि कुनै कारणले लाल पुर्जा बितरण गर्न नसक्ने अबस्था भएमा नगरले जोतभोगको प्रमाण पत्र मात्रै भएपनि दिने पनि नगरसभामा पोखरेलले बताएका हुन ।

हाल सम्मको नगरको काम हेर्नेहो भने नगरले छाति फुलाएर केही गरेको छ भन्न सक्ने अबस्था रहेको र यो सबै नगरका प्रतिनिधि , कर्मचारी साथै अाम नगरवासिको साथ सहयोग र हौसलाले सम्भव भएको पोखरेलको भनाइ छ ।

नगरमा जनप्रतिनिधि निर्वाचित हुनु अघि नगर भित्र जम्मा १२ किलोमिटर पिच रहेको र हाल अाएर ४० किलोमिटर भन्दा बडी पिच गरिसकेको साथै अन्य बाटोमापनि स्तरोन्नति गरिएकोले गर्दा अाज पेन्ट सुर्किएर हिन्नु पर्ने अबस्थाबाट मुक्ति मिलेको , कृषिको क्षेत्रमा विभिन्न अनुदानहरु बितरण गरिएको , मासु र अन्डामा हाल नगर अात्मा निर्भर रहन सफल
भएको , शिक्षा स्वास्थ्य खानेपानी बिधुतको बिषयमा पनि केही गरिसकिएको र थप गर्दै गरिएको बताउदै पोखरेलले अाफुले नगर पिताको रुपम भुमिका निर्वाह गर्न सके नसकेको अाफुलाई थाहा नभएको तर हाल सम्म नगरले गर्ने कार्यमा सबैले राम्रो साथ दिएकोमा धन्यवाद व्यक्त गरेका छन ।

नगर सभाले वडा तथा नगरले ल्याएको रकमान्तर को प्रस्ताव पारित गरेको छ भने वेरुजु नियमितता गर्ने को विषयमा असुल उपर र प्रमाणीत कागजात पेश गर्ने गरि पारित गरिएको छ ।

वेरुजुको बिषयमा बोल्दै कनकाई नगर लेखा सहायक लक्ष्मि अधिकारिले पेश्की , डिपिअार प्रमाण , अशुल उपर गर्न बाँकी , समयमा काम सम्पन्न नभएको , भर्ना छुट , चालू खर्च लगायतमा बेरुजु देखिएको र यसमा कतिपय काम हुँदै गरेको , अशुल उपर हुदैगरेको साथै अावाश्यक कागजात संकलन हुँदै गरेकोले सबै प्रमाणीत कागजात उपलब्ध हुने बिश्वास लिदै अघिल्लो बर्ष कम वेरुजुमा परेको हाम्रो नगर यसपटक भरसक शून्य प्रतिशत बेरुजुमा पर्ने गरि चुस्त दुरुस्त काम गरिएको बताएका छन ।

कनकाई नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले शहजीकरण गरेको नगर शभामा स्वागत मन्तव्य राख्दै कनकाई नगर उप प्रमुख मन्जु प्रसाईंले धेरै वोल्न भन्दा पनि धेरै काम गरेर देखाउन पर्छ भन्ने हाम्रो धारणा भएको र सोही अनुरुप हाम्रो नगरले काम गर्दै अाएकोले पनि उत्कृष्ट नगरपालिकाको सुचिमा कनकाई नगरपालिका पर्न सफल भएको बताएकी छन भने नगर शभाको पहिलो सत्र समापन गर्दै शभाध्यक्ष नगर प्रमुख पोखरेलले अागामी ७ गते सम्मलाई दशौ नगर शभा स्थगित गरेका छन ।