Kanakai Online

रुहीमारीमा ट्याक्ट्रर दुर्घटना,चालकको मृत्यु


मङ्गलवार, पौष १३, २०७८ |

शरणामती।झापाको झापा गाउँपालिका-३ रुहीमारी स्थित मुखियाटोलमा ट्याक्ट्रर दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ।मे १ त ४७०९ नं को ट्याक्ट्रर पल्टेर मृत्यु हुनेमा अन्दाजी २५ वर्षीय सुनिल हेमरम रहेको प्रहरीले जनाएको छ।

आज मंगलबार करिब ३.३० बजे भएको घटनामा ट्याक्ट्रर अनियन्त्रित भई पल्टेको र घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।