कनकाई अनलाईन
सुरुङ्गा । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको ३६ औ क्याम्पससभा तथा १३ औ क्याम्पससभामा उत्कृष्ट चन्दादातालाई सम्मान गरिएको छ ।
क्याम्पसका उत्कृष्ट चन्दादाता बुद्धदेवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा तथा क्यापससभाका अध्यक्ष समेत रहनुभएका पुर्वमन्त्री समेत रहनुभएका हिराकुमार थापाको सभापतित्वमा भएको कार्यक्रममा चन्दादाताहरु शेरबहादुर थापा, झापा गाउँपालिका,तुलसी बिमली, तारानाथ प्रसाई, मदनकृष्ण उप्रेती, रत्नकुमार श्रेष्ठ, नारायणप्रसाद पोखरेल, भरत श्रेष्ठ, दुर्गाप्रसाद उप्रेती, सुरेन्द्र प्रधान, सन्तोसकुमार रायमाझि, दिपेन्द्र थपलिया लगायातलाई सम्मान गरिएको थियो ।
कार्यक्रमकै विच विद्यार्थी महेश खरेल अपरिचितको कृति कल्पनाको संन्सारको लोकापर्ण गरिएको थियो । कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेसका जिल्ला अध्यक्ष देउमान थेबे, राप्रपा अध्यक्ष केशवप्रसादओझा,गोविन्द पौडयाल, मंगलवारे बहुमुखी क्यापम्सका अध्यक्ष देविप्रसाद चम्लगाई, एमालेका कनकाई नगर अध्यक्ष खडगप्रसाद प्रसाई, माओवादी केन्द्रका कनकाई नगर अध्यक्ष यामनाथ सेडाई लगायातले शुभकामना दिनुभएको कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम समेतको आयोजना गरिएको थियो ।