कनकाई अनलाईन
नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्यापियनमा उत्कृष्ट प्रस्तुति दिइरहेकी झापा कनकाई नगरपालिका ५ सुरुङ्गाकी प्रेरणा ओली उत्कृष्ट १० मा पर्न सफल भएकी छिन ।
सुमधुर आवाजको कारण अडिसनदेखि नंै अब्बल प्रतिष्पर्धिको रुपमा परिचित प्रेरणा यतिखेर टप १० पुगेकी हुन । हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुदै आएको यस गायन प्रतियोगितामा हाल प्रेरणा भोटिङ राउण्डको चरणमा छिन् ।
जादुमय आवाजका कारण सर्वप्रिय बनेकी प्रेरणालाई सारेगम लिटिल च्यापियन बन्न अब सबैको प्रेरणा हौसला र जनमतको खाँचो छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट प्रेरणाको समर्थन बढ्दै गईरहेको छ । झापा कनकाई नगरपालिका ५ चप्रामारी मुल घर भएकी प्रेरणा घर भएकी १४ बर्षिय प्रेरणा हाल दिव्यरत्न आवाशीय मावि कनकाई ३ मा कक्षा ९ मा अध्यानरक्त रहनुभएको छ । संगित साधना कला केन्द्र सुरुङ्गामा हाल प्रेरणा संगित सिकिरहेकी छिन । हरेक शुक्रवार देखि खुल्ने भोटिङ्ग राउण्डमा भोटिङ्गका लागि सबैसमक्ष प्रेरणाले सहयोग समेत मागेकी छिन । प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम रहेकोले समेत प्रेरणालाई सबैले भोटको जरुरी छ ।
प्रेरणालाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर घघण्ण्ज्ञ क्न्ःए १२ ) टाईप गरी सेण्ड गर्नुपर्ने हुन्छ । अनलाईन भोट गर्नको लागि मोमो एप डाउनलोड गरी भोट गर्न सकिने छ । प्ररणालाई भोट गर्नका लागि उनकै गुरु सागर ढुङ्गाना, स्थानीय मौसम ओली, नारायण भेटवाल लगायातका सुरुङ्गा तथा झापावाशीहरु लगिपरेका छन । यस पटकको भोट शनिवारसम्म गर्न मिल्ने प्रवन्ध मिलाईएको छ ।