Kanakai Online

भृकुटी माविले बनायो, जग्गादाताकै शालिक


सोमवार, पौष १२, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ७ स्थित भृकुटी माध्यमिका विद्यालयमा जग्गादाताको शालिक निर्माण गरिएको छ ।
विद्यालयले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसर पारेर विद्यालयलाई जग्गा दान दिने दानवीर लक्ष्मण खड्काको विद्यालय परिसरमा शालिक निर्माण गरिएको हो ।
स्व. खड्काका नाती तथा नातिनीवुहारीहरु स्व. हेमवहादुर, धनराज, प्रेमवहादुर, दिलीप, भक्तवहादुर, गोविन्द, टिकाराम, हरि, शम्भु, चन्द्र, सुजित र राधा खड्काले विद्यालयलाई स्थपनाकालदेखि हालसम्म विद्यालय परिसरमा १४ कठ्ठा जग्गा जमिन उपलव्ध गराएका गराउनुभएको छ । दाता परिवारको अग्रजको शालिक विद्यालयमा अनावरण गरिएको हो । शालिकको कनकाई नगरपालिकाका शिक्षा कार्यालय प्रमुख पिताम्बर गौतमले अनावरण गर्नुभयो ।
यसैवीच जग्गादाताका तर्फवाट धनराज खड्काको संयोजकत्वमा विद्यायमा लक्षुमण÷नर्वदा स्मृति अक्षयकोष समेत स्थापना गरिएको छ । सो कोषले विद्यालयमा आयोजित वार्षिकोत्सव समारोहकै अवसरमा २५ हजार रुपैया वरावरको पुरस्कार वितरण गरेको छ । सो पुरस्कार एसइइ परीक्षाका उत्कृष्ट दुई जनालाई जनही १० हजार र एकजना गरिव तथा जेहेन्दार विद्यार्थीलाई पाँचहजार वरावरको शैक्षिक सामग्री प्रदान गरिएको छ । यस्तै कार्यक्रममा वेदनिधि तथा स्व. कलादेवी सिटौलाद्धारा स्थापित वेदकला अक्षयकोषद्धारा ३३ हजार दुईसय रुपैया वरावरको छात्रवृत्ति वितरण गरिएको छ । सो पुरस्कारवाट एकजना गरिव तथा जेहेन्दार विद्यार्थीलाई रु १२ सय,कक्षा ८का प्रथम छात्रा र छात्रलाई जनही एकहजार, कक्षा १०वाट प्रथम हुने एक छात्र र एक छात्रालाई जनही एक हार पाँचसय, कक्षा ११ का एक छात्र र छात्रालाई दुईहजार वरावरको पुरस्कार वितरण गरिएको छ ।

यस्तै सोही कोषद्धारा विद्यालयका उत्कृष्ट शिक्षक द्धय ज्वालाकुमारी श्रेष्ठ र नन्दकिशोर झा तथा विद्यालय कर्मचारी शान्तिराम अधिकारीलाई नगद, दोसल्ला तथा प्रमाण पत्र प्रदान गरि सम्मान गरीएको छ । कार्यक्रममा खड्गवहादुर÷चन्द्रमायाँ दाहाल स्मृति अक्षयकोषद्धारा रु १५ हजार वरावरको पुरस्कार वितरण गरिएको छ । यस्तै रामभक्त÷संजीव स्मृति अक्षयकोषद्धारा रु २५ हजार वरावरको छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै सोही समारोहमा विद्यालयमा स्थापित टीका– कृष्ण –धन– लक्षिमा स्मृति अक्षयकोषद्धारा समेत रु २५ हजार वरावरको पुरस्कार वितरण गरिएको छ ।