Kanakai Online

कनकाईका युवालाई सुरक्षित रोजगार अभिमुखीकरणको तालिम


सोमवार, पौष १२, २०७८ |

कनकाई अनलाईन
सुरुङ्गा । कारितास नेपाल जापानको आयोजना तथा कनकाई नगरपालिकाको समन्वयमा कनकाई नगरपालिका ८ नम्बर वार्डका युवा समुदायका लागि सुरक्षित रोजगार अभिमुखीकरण साथै वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय आप्रवासन दिवश २०२१ को अवशरमा आयोजित कार्यक्रममा यस क्षेत्रका ५० वढी युवाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण चर्चित सहजकर्ता लोकप्रिय खनालले गर्दै युवाले कसरी विदेशमा सिकेका ज्ञानशीपलाई यहि माटोमा प्रयोग गर्ने, कसरी पैसाको वचत गर्ने र विदेश जानै पर्ने भएमा पनि कसरी सुरक्षित तरिकाले विदेश जाने भन्ने वारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका ८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवालले आफुले सिकेका ज्ञानशीपलाई व्यावहारमा उर्तान युवालाई सुझाव दिनुभयो । कार्यक्रममा कनकाई नगरपालिका कार्यपालिका सदस्य सुनिता खरेल, सुरक्षित , कारितास नेपालका परियोजना अधिकृत हिमालयन अधिकारी, कनकाई नगरका परियोजना प्रमुख विवेक शिवाकोटी, होम भट्टराई,पत्रकार लीलाराज झापाली लगायातको सहभागिता रहेको थियो । कार्यक्रम परिवर्तन कृषक समुहका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।