Kanakai Online

माओवादी केन्द्रको निर्वाचन प्रदेश एकमा मिक्सो र उपाध्यक्षमा मणिकुमार बिजयी


बिहिवार, पौष ८, २०७८ |

कनकाई अनलाईन
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा भारी मतका साथ हर्कबहादुर नेम्वाङ ९मिक्सो० विजयी भएका छन् ।

अध्यक्षमा मिक्सोले १६९ मत ल्याउँदा अर्का प्रत्याशी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउन सफल भए । अध्यक्षमा ७ मत बदर भयो ।

तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ ९१११ ०, देवान चाम्लिङ ९१२०० र शिवकुमार डाँगी ९११३० विजयी भएका छन् । सचिव पदमा गणेश उप्रेती ९सुशील०ले १४८ मत ल्याएर विजयी बने । उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत ल्याए ।

यस्तै ३ जना सहसचिवमा कुमारी राई ९११४०, सागर किराँती ९७३० र ऋषिराम ढुंगाना ९९५० विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी ९गगन० विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गरिन् ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उमेदवारी परेको थियो । मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।

तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दीरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेद्वारी परेको छ । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने । राजु आचार्य, सन्तोष थारु, हर्क लावती, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली ९ध्रुव०, कृष्ण जिमी ९भरत०, दिलकुमार राई र तेजमान कन्दङ्वा रिङ आउट भए ।

१ जना कोषाध्यक्षका लागि गगनसहित ४ जनाको उम्मेद्वारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड ९अनिशा० रहेका थिए ।

मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको थियो ।