Kanakai Online

भारतीले गरे मृगौला पिडितलाई सहयोग


बुधवार, पौष ७, २०७८ |

झापा । झापाका बिशाल भारतीले दमकका मृगौला पिडितलाई आर्थिक सहयोग उपलव्ध गराएका छन् । झापाको झापा गाउँपालिका–४ घर भई अमेरिकाको वेल्स फार्गो बैंकमा कार्यरत भारतीले दमक–५ का २६ बर्षिय आशिष खनालको मृगौला प्रत्यारोपणका लागि ३५ हजार रुपैयाँ सहयोग उपलव्ध गराएका हुन् ।

आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न नसकेका उनलाई बचाउन होटल व्यवसायी तथा अभियन्ता काजी राउतले शुरु गरेको यस अभियानमा स्वेच्छिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । यससंगै खनालको उपचारका लागि राउतले शुरुगरेको आर्थिक संकलन अभियानमा २ लाख बढी रकम जुटिसकेको अभियन्ता राउतले बताए ।

सम्बन्धित खबर