कामाटोली,पुष ५।नेकपा एमाले झापा गाउँपालिका संगठन कमिटिले झापा गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ।सोमवार पालिकामा एमाले नेता तथा कार्यकर्ताको भेलाले पालिका अध्यक्ष जयनारायण साहलाई ज्ञापनपत्र बुझाएको हो।
एमालेले ज्ञापनपत्रमा बिभिन्न आठ बुधाहरु समेटेको छ।सडक निर्माणमा ढिलासुस्ती,मलको चरम अभाव,वेरोजगारी बढ्दै गएको,चरम भ्रष्टचारमा लिप्त भएको लगायतको कुरा उठाइएको छ। तत्काल यावत कुराको समाधान नगरिए विरोधका कार्यक्रम समेत गर्ने चेतावनी एमालेको ज्ञापनपत्रमा उल्लेख छ। एमालेको ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष साहले उठेका बिषयको सावधान गर्ने बताएका छन।
ज्ञापनपत्र
