शरणामती,पुष ५।झापा गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ।स्थानीय झापा-६ जनता माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गरिएको खेलमा आज सोमवार तीन खेल सम्पन्न भएका छन।

दमक नगरपालिका झापा र मेचीनगर नगरपालिका झापा बिच हुने भनिएको पहिलो खेलमा मेचीनगर निर्धारित समयमा उपस्थित नभएपछी दमक नगरपालिका विजयी घोषित भएको थियो।

त्यस्तै दोस्रो खेल षडानन्द नगरपालिका भोजपुर र कनकाई नगरपालिका झापा बिच भएको थियो।कनकाईलाई ३-१ सेटमा हराउँदै षडानन्द विजयी भएको छ।षडानन्दले उक्त सेटमा २५-२२,२५-२० र २५ -१७ को अंक ल्यायो।२०-२५ अंकको एक सेट कनकाईले फर्काए पनि हार टाल्न सकेन।
त्यस्तै तेस्रो खेल झापा गाउँपालिका झापा र बाह्रदशी गाउँपालिका झापा बिच भएको खेलमा झापा विजयी भएको छ।झापाले ३-१ को सेटमा बाह्रदशीलाई पराजित गर्यो।झापाले जितका लागी २६-२४,२५-१० र २५-९ अंक ल्याएर तीन सेट जित्यो।बाह्रदशीले २५-२३ अंकको एक सेट फर्कायो।
आज भएका खेलमा म्यान अफ दी म्याच षडानन्द नगपालिकाका भुवन गौतम र झापा झापाका रोहित शिवाकोटी घोषीत भए।

पाथीभरा र चन्द्रज्योती अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीको मार्च पास तथा जनता माध्यमिक विध्यालयको स्वागत नृत्य सहित उद्घाटन भएको कार्यक्रमको अध्यक्षता तेज प्रसाद भट्टराईले गरेका थिए भने प्रमुख अतिथी पालिका अध्यक्ष जयनारायण साह रहेका थिए।
दुर्गा बहादुर पौडेलले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन आयोजक समितिका सचिव मोहन मिश्रले गरेका थिए।प्रतियोगितमा स्थानीय समाजसेवी लगायत दर्शकको उल्लेखनीय सहभागीता रहेको थियो।

प्रतियोगितामा विजेताले १ लाख ५१ हजार र उप-विजेताले १ लाख नगद पुरस्कार पाउने भएका छन् । सेमिफाइनलबाट बाहिरिने टोलीले समेत पुरस्कार प्राप्त गर्ने छन्। सेमिफाइनलबाट बाहिरिने टोलीले १५ हजार हात पार्ने छ।
