बिर्तामोड, पुस १ गते । पुर्वपश्चिम राजामार्गको कनकाई
नगरपालिका ७ दुर्गापुरमा बुधवार राती भएको सवारी
दुर्घटनामा परि मोटरसाईकलमा सवार दुबै जनाको ज्यान
गएको छ ।
बुधवार राती ७ः ४० को समयमा पुर्वबाट पश्चिमतर्फ जादै
गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकल र विपरित
दिशाबाट जादै गरेको ना ५ ख ७९३७ नम्बरको यात्रुवाहक बस
एक आपसमा ठक्कर खादा मोटरससाईलमा सवार इलाम रोङ
गाउँपालिका ६ बस्ने बर्ष ३३ को सन्तोस राई र
मोटरसाईकलमा पछाडि सवार सोही स्थान बस्ने बर्ष ४० को
चन्द्रबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
झापाले जनाएको छ । घाईते दुबैको उपचारका क्रममा
बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको र बस
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको
छ ।