Kanakai Online

खेलकुदमैत्री चन्द्रज्योती


बुधवार, मंसिर २९, २०७८ |

शरणामती,मंसिर २९।खेलकुदले राष्ट्रको गौरव,शान,मान,पहिचान स्थापित गर्नसक्छ।एउटा कुशल अनुशासित स्वास्थ्य शरीर,स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्न सक्छ।हरेक प्रकारका शारीरिक,मानसिक,मनोबैज्ञानिक र बौद्धिक स्वास्थ्य सँग खेलकुदले गहिरो सम्बन्ध राख्दछ।यही सिधाान्तलाई आत्मसाथ गर्दै झापामा समेत विद्यालयहरु खेलकुदमैत्री बन्न थालेका छन् ।

झापाको झापा गाउँपालिकाकै पुरानो अँग्रेजी विद्यालय चन्द्रज्योती अंग्रेजी माध्यमिक विद्यालयले प्रत्येक वर्ष खेलकुद सप्ताहकै आयोजना गरेर विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउँदै आइरहेको छ।वि.सं २०५० सालमा झापा-६ शरणामतीमा स्थापना भएको यस विद्यालयले यस वर्षको समेत खेलकुद सप्ताह समापन गरेको छ।गएको बुधबार देखि सुरु भएको खेलकुद सप्ताहमा १५ विधामा विद्यार्थीहरु माझ प्रतियोगिता गराइएको प्रधानाध्यापक अनुज ताम्लीले बताए।

हरेक वर्ष खेलकुदलाई सप्ताहकै रुपमा समेट्दै खेलकुद विकासमा लागेको चन्द्रज्योतीले यस वर्ष पनि फुटबल,भलिवल,क्रिकेट,कवड्डी,दौड,टेवलटेनीस,व्याडमिन्टन लगायत १५ विधामा प्रतियोगिता गराएको छ।

चन्द्रज्योतीले प्रत्येक वर्ष जिल्ला स्तरीय,प्रदेश स्तरीय प्रतियोगितामा समेत भाग लिन सक्षम खेलाडी उत्पादन गरेको ताम्लीले दावी गरे।विद्यार्थीहरुलाई शिक्षा सँगै मस्तिष्क विकासका लागि खेलकुद अपरिहार्य भएको बताउदै चन्द्रज्योतीले खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राखेको उनले बताए।

चन्द्रज्योतीका विद्यार्थीले राष्ट्रपति रनिङ्ग शिल्ड देखि लिएर झापा गाउँपालिका भित्र भएका हरेक प्रतियोगितामा भाग लिने गरेका छन् ।राष्ट्रपति रनिङ शिल्डमा विभिन्न बिधामा पदक समेत जितेको ताम्ली बताउछन।

सम्बन्धित खबर