Kanakai Online

प्रेस चौतारी झापाको अधिवेशन पुस १९ गते दमकमा


बुधवार, मंसिर २९, २०७८ |

बिर्तामोड । प्रेस चौतारी झापाको जिल्ला अधिवेशन पुस १९ गते दमकमा हुने भएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्ला कमिटीको बैठकले अधिवेशनको मिति र स्थान ताकेको हो ।

बैठकले अधिवेशन सम्पन्न गर्न सदस्यता अध्यावधिक समिति र आर्थिक उपसमिति गठन गरेको छ । चौतारीका सचिव प्रदीप परियारको संयोजकत्वमा सदस्यता अध्यावधिक समिति र उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको जिल्ला अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिए ।

परियारको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा रोहित काफ्ले, सुदिप अधिकारी, अच्युत सुवेदी, सिर्जन घिमिरे, सरोज भट्टराई, प्रकाश पौडेल, रुपा बुढाथोकी र सागर गौतम रहेका छन् । यस्तै, गदालको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा उमानाथ भण्डारी, भूमिराज पराजुली, रमेश तिवारी, प्रकाश पौडेल, राम प्रसाद निरौला, विनोद सापकोटा र अनिल वाग्ले रहेका छन् । बैठकले नयाा सदस्यताका लागि समेत आव्हान गरेको छ ।

बैठकका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापाका पार्टी इञ्चार्ज अग्नी खरेलले अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न शुभकामना दिएका छन् । उनले चौतारीमा आवद्ध पत्रकारहरु समाजको सूचनाको मुख्य स्रोत हुनुपर्ने बताए ।

सम्बन्धित खबर