Kanakai Online

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु


मङ्गलवार, मंसिर २८, २०७८ |

मङ्गलबारे २८ मङ्सिर :मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए । घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले राससलाई जानकारी दिनुभयो ।

चालकलाई सामान्य चोट लागेको छ । अन्य घाइतेको नामथर खुलेको छैन । अन्यको उपचार भइरहेको छ ।(रासस)

सम्बन्धित खबर