Kanakai Online

सुरुङ्गा बजारका व्यापारीलाई सामुहिक क्युआर कोर्ड हस्तानतरण


मङ्गलवार, मंसिर २८, २०७८ |

कनकाई अनलाईन
क्यासलेस कारोवारलाई प्रोत्साहन गर्दै डिजिटल प्रविधिलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ कनकाई नगरपालिका सुरुङ्गा क्षेत्रका व्यापारीलाई सामुहिक क्युआर कोर्ड प्रदान गरिएको छ ।

माछापुच्छ्रे बैँकद्धारा यस क्षेत्रका सैलुन, तरकारी, फलफुल पसलदेखि साना ठुला सबै प्रकारका व्यापारीहरुलाई सामुहिक क्युआर कोर्ड प्रदान गरिएको हो । व्यापारीहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल,राष्ट्रिय बैकका डिपुटी गर्भनर बमबहादुर मिश्र, माछ्रापुच्छे बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोस कोइराला लगायातले सय वढी व्यापारीलाई क्युआर कोर्ड प्रदान गर्नुभयो ।
नगरप्रमुख पोखरेलले कनकाई नगरपालिका क्षेत्रलाईनै प्रविधियुक्त र नगदरहित कारोवारको क्षेत्रका रुपमा विकसित गर्न बैक वित्तिय संस्था र नगरपालिकासमेतको सहकार्यमा सचेतनाका कार्यक्रमहरु गरिने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय बैकका डिपुटी गर्भनर मिश्रले विभिन्न रोगबाट वच्न, समयको वचत मात्रै नभएर नोट छाप्नका लागि राज्यबाट समेत बर्षेनी करोडौ रुपैँया नोट छाप्नका लागि विदेश स्रोत खर्च हुने बताउँदै डिजिटल भुक्तानीबाट राज्यलाई व्यायभार समेत घटने बताउँनुभयो ।
कार्यक्रमको संचालन बैकका डिल्ली गिरीले गर्नुभएको थियो ।