कनकाई अनलाईन
प्रकृति पुजक किरातीहरुको मुख्य चाडका रुपमा रहेको चासोक तङनाम यस बर्षपनि झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे रङ्गशालामा भव्य रुपमा मनाइने भएको छ । सधा वर्षकाझै यसवर्षपनि चासोक तङनाम भव्य रुपमा मनाउने निर्णय गरिएको आयोजक किरात थाक्थुङ चुम्लुङ शिवसताक्षीले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।
अघिल्लो बर्ष कोरोना कहरका कारण मेलाकै रुपमा नमनाएर सामान्य पुजा गरेर मनाइएकोमा यस वर्ष भने पुस ४ गते एकदिन भव्य रुपमा सास्कृतिक कार्यक्रम धनुषकाड प्रतियोगिता विभिन्न सास्कृतिक घर र पोशाक प्रदर्शन, खानेकुराको स्टल धान नाँच लगायातका कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बिरबल जवेगुले बताउँनुभयो ।
अन्य जातिहरुको समेत साझा चाडका रुपमा रहेको यस चाडलाई प्रदेश स्तरीय बनाइएको र नेपाल तथा छिमेकी मुलुकबाट समेत सहभागिहरु आफ्नो झाँकीसहित आउने यस चाडमा नेपालकी चर्चित गायिका मेलिना राईको समेत विशेष प्रस्तुती रहने तथा अन्य कलाकारहरु नेपालका चर्चित कमेडियन भरतमणि पौडेल वा संदिप क्षेत्री मध्ये एकलाई समेत कार्यक्रमका बोलाइने समेत आयोजक समितिले जनाएको छ ।
प्रतियोगिता संचालन गर्न विभिन्न १९ उपसमिति बनाइएको तथा कार्यक्रम संचालनका लागि शिवसताक्षी नगरपालिका लगायात स्वदेशतथा विदेशका सास्कृतिप्रेमी नेपालीहरुबाट सहयोग संकलन गरिएको र कार्यक्रम सकाउन ८ लाख वडी खर्च हुने आयोजनको अनुमान रहेको छ ।