Kanakai Online

सुपरिवेक्षक र गणकलाई प्रमाणपत्र


शुक्रवार, मंसिर २४, २०७८ |

कामाटोली,मंसिर २४।स्थानीय जनगणना कार्यालय कनकाई सुरुङ्गाले झापा गाउँपालिकामा जनगणना सम्पन्न गर्ने स्थानीय सुपरिवेक्षक र गणकहरुलाई प्रमाणपत्र वितरण गरेको छ।

कार्यालयले झापा गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ सम्पन्न गर्ने ९ जना सुपरिवेक्षक र ४० जना गणकलाई प्रमाणपत्र वितरण गरेको हो।पालिकाको सभा हलमा एक विशेष कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा,शिक्षा साखा प्रमुख जीवनप्रसाद ढकाल लगायतले गणनामा सहभागीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।

राष्ट्रिय जनगणना २०७८ को मुख्य गणना कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म भएको जनगणना अधिकृत प्रेम न्यौपानेले बताउनु भयो।झापा र कनकाईको संयुक्त कार्यालय कनकाईको सुरुङ्गामा रहेको छ।

सम्बन्धित खबर