Kanakai Online

कनकाई मावि २०६० ब्याजद्धारा अक्सिजन प्लान्टलाई ६० हजार


बिहिवार, मंसिर २३, २०७८ |

कनकाई अनलाईन
कनकाई माध्यमिक बिद्यालय २०६० ब्याजका विद्यार्थीद्धारा कनकाई नगरपालिकाद्धारा स्थापना गर्न लागिरहेको अक्सिजन प्लान्टको निर्माणका लागि नगद ६० हजार रुपैँया सहयोग रकम हस्तानतरण गरेको छ ।
आज विशेष कार्यक्रमका विच एसएलसी ब्याजका विद्र्याीहरु नमिता काफ्ले, चन्द्र अधिकारी,चन्द्रकला ढकाल कनकाई माविका प्रअ कर्णबहादुर डाँगी लगायातले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उप्रप्रमुख मन्जु प्रसाई लगायातललाई सो रकम हस्तानतरण गर्नुभयो ।

रकम बुझ्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्राविधिक र कानुनी कारणले कनकाई नगरपालिकामा अक्सिजन प्लान्ट निर्माणका काम केहि ढिलाई भएको भन्दै अवको हप्तादिनभित्रै कनकाई नगरपालिकाको यस महान कामले तीव्रता पाउने बताउँनुभयो ।साथै नगरप्रमुख पोखरेलले आफुपनि कनकाई माविको भुतपुर्व विद्यार्थी र यसको संस्थापक अध्यक्ष समेत रहेको भन्दै विद्यार्थीको यस महान कामबाट सबै कनकाई नगरवाशी र देशवाशीलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कनकाई माविका प्रअ कर्णबहादुर डाँगीले विद्यालयले असल सस्कार सिकाएको कारणनै विद्यार्थीहरु यस महान काममा अघि वढेको बताउँनुभयो । कार्यक्रममा बोल्दै भुतपुर्व विद्यार्थी समाजकी नमिता काफ्लेले ५१ जना स्वदेश तथा विदेशमा रहेका विद्यार्थीबाट संकलन गरिएको ६० हजार रुपैँया अक्सिजन प्लान्टका लागि दिइएको बताउँदै अब वचेको अन्य रकमलाई कनकाई माविकै विद्यार्थीका लागि खर्च गरिने समेत जानकारी दिनुभयो । कार्यक्रम भुतपुर्व विद्यार्थी चन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर