Kanakai Online

श्रीमान अनाहकमा कतारी जेलमा, परिवारको नेपालमा विचल्ली


बिहिवार, मंसिर २३, २०७८ |

लीलाराज झापाली
एक बर्षदेखि आफ्नै कोठाका साथीको हत्या आरोपमा कतारको जेलमा परिवारको मुली रहदा यहाँस्थित सिगो परिवारको विचल्नी भएको छ ।
झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३० बर्षिय सुुबास राउत कतारको जेलमा आफ्नै साथीको हत्या आरोपमा रहनुभएको छ ।
उहाँमाथि आफ्नै कोठामा बस्ने खोटाङ्ग ऐसेलुखर्क महेश्वरी गाउँका लामाकाजी राईको हत्या आरोप छ । राउतले गत बर्ष मंसिरमा आफ्नै कोठामा बस्ने राईको हत्या आरोपमा जेलमा रहनुभएको छ । तर राउतले आफु डियुटी सकेर कोठामा आउदा साथीमाथि अरुलेनै छुरा प्रहार गरेर घाईते बनाएर भागेको र आफुले साथी बाच्छकि भनेर रगत बग्न नदिनका लागि घरेलु उपाय अपनाएर पट्टी बाध्नको साथै होहल्ला गरेर अरुलाई बोलाएको बताएको राउतकी श्रीमती कुमारी राउतले बताउँनुभयो ।
गाउँघरका मानिस नियम कानुन जान्नुभएन आफ्नै कोठाको साथीलाई बचाउन हरसम्भव प्रयास गर्दा अहिले आएर फिंगर पिन्टका आधारमा कतारी कानुन अनुसार आजिवन कारावासको सजाय सुनाएको कुमारीले बताउँनुभयो ।
हत्या आरोपी राउत र हत्या हुने राईविच राम्रो सम्बन्ध भएको र दुवैको घरमा पनि पालैपालो फोन गरिरहने भएकोले यतिको मिल्ने साथीले एकअर्काको हत्या गर्न नसक्ने दुवै परिवारको विश्वास पनि रहेको छ । तर फिंगर पिन्टका कारण राउत कतारी जेलमा बस्नुपरेको स्थानीय जानकार युगल दवाडी बताउँनुहुन्छ । साथीको हत्या भएको दिनपनि आफ्ना श्रीमानले केहि छिन पहिलेसम्म म कामबाट कोठामा जान अबेरा भयो भन्दै हुनुहुन्यो एक्कासी राती १० बजेबाट फोनसम्वाद हुन छाड्यो श्रीमती कुमारीले भन्नुभयो । हाल कतारको अदालतले राउतलाई कम्तीमा ३ बर्ष जेल सजाय र त्यसपछि २ लाख ५० हजार कतारी रियाल करिब ९० लाख नेपाली रुपैँया ब्लड मनि तोकिदिएको छ ।
सो बुझाउन नसके आजिवन सजाय कुर्नुको विकल्प नरहेको श्रीमती कुमारीले बताउँनुभयो । स्थानीय जनप्रतिनिधि सहितको टोली मृतक राईको घरमा गएर बुझ्दा १५ लाख सम्म क्षतिपुर्ति बुझाएमा सरकारको रोहवरमा राउतलाई नेपाल झिकाउने सहमति भएको स्थानीय जनप्रतिनिधि रोषन सुवेदीले बताउँनुभयो । तर राउत परिवारसग सो रकम बुझाउने सामर्थ नभएको सुवदी बताउँनुहुन्छ । दुबै नेपाली भएकोले मृतक परिवारले सरकारी कार्यालयमा बसी सहमति गरेमा यो सबै मिल्न सक्छ तर राउत परिवारसग यत्रो रकम पनि छैन सुवेदीले भन्नुभयो । सामान्य परिवारकाको राउत परिवार श्रीमान जेलमा परेपछि श्रीमतीले भने ज्यामी काम गरेर आफ्ना साना दुई छोराछोरी पाल्दै आउनुभएको छ । सम्पत्तिको नाममा सानो ऐलानी जग्गामा बनेको घर मात्रै रहेको छ जुन सबै विक्री गर्दा पनि ५ लाख पनि नआउने श्रीमती कुमारीले बताउँनुभयो ।आफ्ना १० र ५ बर्षका छोराछोरी हुर्काउदै आउनुभएकी कुमारीले श्रीमान कतारको कानुन नजान्दा फन्दामा परेको भन्दै नेपाल झिकाइदिन सबैसग हारगुहार गर्दै आउनुभएको छ ।
यसैविच कनकाई नगरपालिका ४ का वडाअध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा सुवास राउत नेपाल झिकाउनका लागि एक समिति समेत गठन गरि पहल सुरु गरिएको छ ।

सम्बन्धित खबर