Kanakai Online

अमरपथ बाटो निर्माणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण पत्र-सुनुवाई नभए थप संघर्ष गर्ने


बुधवार, मंसिर २२, २०७८ |

शरणामती,मंसिर २२।झापाको झापा गाउँपालिकाका स्थानीयले यहाँ स्थित अमपथ मार्ग निर्माणमा ढिलाई भएको भन्दै झापा-६ को वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरुले पत्रको बोधार्थमा झापा गाउँपालिका कार्यालय,झापा क्षेत्र नं ४ का प्रदेश सदस्य हिरा थापा,झापा क्षेत्र नं ४ का संघीय सांसद एलपी सावाँ लिम्बू र इलाका प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन।स्थानीयले अमरपथ निर्माणमा ढिलाई भएका कारण जनस्वास्थ्यमा धुलोले असर गरेको र यसको निर्माणमा उचित कदम चाल्न आग्रह गरेका छन् ।

यस सडकबाट वर्खा समय मा हिलो र हिउँदमा धुलोको कारण यहाँका उपभोक्ता आक्रान्त भएको र एकै समयमा ठेक्का लागेको कनकाई खण्ड अन्तिम चरणमा पुगेको तर झापा गाउँपालिकामा कामै नभएकोले प्रदुषण र जनताको स्वास्थमा गम्भीर असर पर्दा पनि बोल्ने कोही नभएको कारण,यो सडक बनाउने ठेकेदार कहाँ छ,किन काममा ढिलासुस्ती?यस बिषय ध्यानाकर्षणका लागि यो निवेधन गरिएको छ`पत्रमा उल्लेख छ।

पत्रको अन्त्यमा सुनुवाइ नभएको खण्डमा थप संघर्षका कार्यक्रमहरु गर्ने समेत चेतावनी दिएको छ।सरकारले बजेट बिनियोजन गरेर ठेक्का लगाएपनि निर्माणको पर्खाईमा रहेको अमरपथले अझै पनि धुलो खुवाइरहेको स्थानीय भनाई रहेको छ।एकैचोटी ठेक्का लागेको कनकाई सडक खण्ड अन्तिम चरणमा हुँदा झापा गाउँपालिकामा चरम लापरबाही भएको स्थानीयको ठहर छ।उनीहरुले अबको लडाई अन्तिम हो भन्दै थप संघर्षका कार्यक्रमको तयारी गर्ने भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

झापाको अमरपथ सडक कनकाई नगरपालिकाको सुरुङ्गा देखि झापाको लसुना सम्म रहेको छ।यो सडकले भारतको बिहारको नेपाल भारत सिमालाई छोएको छ।