Kanakai Online

दिलमाया स्मृति कपः गौरादह ९ लाई हराउँदै कनकाई ५ सेमीफाइनलमा


मङ्गलवार, मंसिर २१, २०७८ |

२१ मंसिर,शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी दिलमाया स्मृतिकपको सुपर ८ को मंगलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा कनकाई ५ सेमी फाइनलमा प्रवेश गरेको छ ।

गौरादह ५ लाई १–० गोल अन्तरले पराजित गर्दै कनकाई ५ सेमी फाइनलमा प्रवेश गरेको हो । खेलमा पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो । खेलको दोस्रो हाफको २२ औं मिनेटमा कनकाई ५ को तर्फबाट जर्सी नं. ६ का डिल्लीराम बस्नेतले प्रहार गरेको गोल नै निर्णयाक गोल बन्न पुग्यो ।

यो सँगै कनकाई ५ सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको म्यान आफ दी म्याच विजेता टिमका विकल साउदेन घोषित भए । उनले नगद २५००।– प्राप्त गरे ।

खेलमा विजेता टिमले २ लाख २५ हजार प्राप्तगर्ने छन् भने उपविजेता टिमले नगद १ लाख २५ हजारसहित शिल्ड, मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजक नेपाल खेलकुद महासंघले जनाएको छ । भोलि बुधबार हुने पहिलो सेमीफाइलन खेल शिवसताक्षी १० र शिवसताक्षी ११ बीच हुनेछ । क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बुको स्व. आमाको सम्झानाका लागि दिलमाया स्मृति कपको आयोजना गरिएको हो ।