Kanakai Online

अध्यक्ष कप क्रिकेट-कनकाईलाई हराउँदै बाह्रदशी अन्तिम चारमा


सोमवार, मंसिर २०, २०७८ |

केशब चापागाईं
मदरगाछ,मंसिर २०।
झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षीत गरेको छ।

झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा आइतवार सम्पन्न खेलमा बाह्रदशीले कनकाईलाई निर्धारित लक्ष्यमा ७२ रनले पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको बाह्रदशीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।

१२६ रनको विजयी लक्ष्य पछ्याएको कनकाईले निर्धारित ओभरमा सवै विकेट गुमाई ५३ रन मात्र बनाउन सक्यो।

बाह्रदशीको व्याटिङमा सुभाष खतिवडाले २९ बलमा २२ रन र क्याप्टेन अल्माश आलमले १२ बलमा १५ रन बनाएका थिए | बलिंग तर्फ कनकाईका सुजन श्रेष्ठले १ विकेट, प्रनिश बिमली ले १ विकेट, किस्मत पौडेलले २ विकेट लिएका थिए।

त्यस्तै दोस्रो इनिंगमा कनकाईको व्याटिङमा केशव चौधरीले १३ बलमा ११ रन र सुजन गिरिले १५ बलमा २० रन बनाएका थिए भने अरु कुनै ब्याट्समेनले जित लागि दर्बिलो अंक जोड्न सकेनन् ।

खेलमा म्यान अफ द म्याच बाह्रदशीका अल्मास आलम घोषित भए।

प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता

प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।

झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।

सम्बन्धित खबर