सुरुङ्गा,मंसिर १९।झापाको दमक नगरपालिकामा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले साखा विस्तार गर्ने क्रममा कनकाई नगरपालिकामा सेवा कार्यालय स्थापना गरेको छ।
सहकारीका भिडमा आफ्नो सहकारी अम्बल रहेको दावी गर्ने मेचीले कनकाईको सुरुङ्गा बजारमा सेवा कार्यालय थप गरेको हो।सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका-३ का वडाध्यक्ष रुद्र प्रसाद चिमरियाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वित्तिय साक्षरता अभिमुखिकरण सचेतना दिदै संस्थाका प्रमुख कार्यकारी अधिकृत खोम प्रसाद बगालेले मेची सहकारीका सेयर सदस्यले पाउने सेवा सुबिधा , अरु सहकारी र मेची सहकारीमा बिचका फरक लगायतका बिषयमा सदस्यहरु बिच चर्चा गर्नु भएको थियो ।
कार्यक्रमकै बिच कनकाई सेवा कार्यालयका निम्ती संचालक समिती समेत गठन गरिएको छ।डिल्लीराम बाह्रकोटीको संयोजकत्वमा ७ सदस्यीय समिति समेत गठन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथी चिमरियाले मेची सहकारीले कनकाईबासीमा शिक्षा,रोजगार,आम्दानी लगायत वित्तिय क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।उहाँले सहकारीलाई शुभकामन दिदै आफ्नो नगरमा सेवा कार्यालय स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो।
२५ वर्ष अगाडि स्थापना भएको सहकारीले सहकारीका रुपमा अब्बल काम गरेको दावी गर्दै अध्यक्ष भट्टराईले मेची “सहकारी” नभएर सेयर सदस्यहरुको “साथी” भएको बताउनुभयो।हामीले अनावश्यक खर्च गरिरहेका छौ,हामीलाई हानिकारक गर्ने धुम्रपान,मध्यपानमा हुने खर्चलाई सहकारीमा बचत गर्न सिकेउ भने यसले हामीलाई मृत्यु सम्म नै साथ दिन्छ उहाँले भन्नुभयो।
मेची सहकारीले हाल सम्म १० वटा सेवा संचालनमा ल्याइसकेको छ । झापाको दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाको झापाकै दमक, कमल, बिर्तामोड, गौरादह, शिवसताक्षि, कनकाई, मोरङको उर्लाबारी, मिक्लाजुङ, पथरी र इलामको चुलाचुलीमा सेवा संचालनमा रहेका छन । इलामको इलाम बजार, मोरङको बेलबारी, लेटाङ लगायतको क्षेत्रमा नयाँ सेवा केन्द्र विस्तारको प्रकृयामा रहेको अध्यक्ष भट्टराईले बताउनु भयो ।
![](https://kanakaionline.com/wp-content/uploads/2021/12/received_632508618105483-1024x768.jpeg)