केशब चापागाईं
मदरगाछ,मंसिर १८।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा भद्रपुर नगरपालिकाले दमक नगरपालिकालाई पराजित गरेको छ।
झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा सुक्रबार सम्पन्न खेलमा भद्रपुरले आयोजकलाई निर्धारित लक्ष्यमा १८ रनले पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको भद्रपुरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
१२८ रनको विजयी लक्ष्य पछ्याएको दमकले निर्धारित ओभरमा सवै विकेट गुमाई १०९ रन मात्र बनाउन सक्यो।
भद्रपुरका तर्फबाट राहुल शर्माले १६ बलमा २५ रन, प्रवेश काम्तीले ११ बलमा १७ रनको पारी खेलेका हुन।दमकको बलिङ तर्फ निरज शाहले २ विकेट, बिक्रमले २ विकेट लिएका थिए ।
त्यस्तै दोस्रो इनिंगमा दमकका तर्फबाट गोपाल दाहालले ४४ बलमा ४६ रन प्रहार गरेका थिए भने अरु कुनै ब्याट्समेनले जितका लागि दर्बिलो अंक जोड्न सकेनन् । भद्रपुरको बलिङ तर्फ राहुल शर्माले ४ ओभरमा ३ विकेट, दिपेश काम्तीले १ विकेट लिएका थिए।
खेलमा म्यान अफ द म्याच भद्रपुरका राहुल शर्मा घोषित भए।
प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता
प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।
झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।
प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।
![](https://kanakaionline.com/wp-content/uploads/2021/11/Screenshot-21.png)