कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकालाई


कमल, १६ मंसिर । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको उपाधि झापा गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा बाह्रदशी गाउँपालिकालाई पराजित गर्दै झापाले उपाधि उचालेको हो ।

बाह्रदशी गाउँपालिकासँगको खेलमा झापा गाउँपालिकाले २५–१६, १७–२५, २२–२५ र २०–२५ को सेटमा पराजित गर्दै उपाध्यक्ष कपको उपाधि आफ्नो कब्जामा पारेको थियो ।

उपाधिसँगै विजेता टोलि झापाले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल  प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता बनेको बाह्रदशीले नगद ५१ हजार रुपैया सहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको थियो । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी झापा गाउँपालिकाका रोहित सिवाकोटीले प्राप्त गरेका थिए ।

प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कन्काई नगरपालिकालाई २५–२२, २२–२५, २५–१७ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो भने झापा गाउँपालिकाले भद्रपुर नगरपालिकालाई २५–२१, २५–२० र २५–२२ को सोझो सेटमा पाखा लगाउँदै फाइनल प्रवेश गरेको थियो ।

आज सम्पन्न प्रतियोगिताको समापन समारोह कमल गाउँपालिका खेलकुद विकास समितिका संयोजक चतुरभुज सुवेदीको अध्यक्षतामा तथा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष वेनु प्रसाद सिवाकोटी, प्रमुख प्रशासकिय अधिकृत काजिमान राई, वडाध्यक्षहरु  केदार कटुवाल, तारानाथ न्यौपाने, नरप्रसाद दंगाल, प्रेम बहादुर राई, डम्बर निरौला, नरेन्द्र भट्टराई र पृथ्वीपति राईको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा कमल गाउँपालिका शिक्षा समिति सदस्य गौरिमान फागो, कमल गाउँपालिकामा रहेका पार्टी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगितामा प्रदेश नं. १ का एम्पायर रोशन दाहाल, मेचीनगरका संजय अधिकारी, सुनसरीका प्रकाश चौधरी, प्रज्वल धिमाल, अविनाश धिमाल र असिम राईले एम्पायरको भुमिका निर्वाह गरेका थिए ।  

प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र विर्तामोड नगरपालिकाको सहभागिता रहेको थियो । 


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ -नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको जनाएको छ । सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र…

झापा बिर्तामोडका जेनिस उप्रेती द भ्वाइस किड्सको उपाधि जित्दै पहिलो द भ्वाइस किड्स नेपाल बन्न सफल भएका छन् । हिमालय…

विर्तामोड। नेकपा एमाले झापाको खुल्ला भूगोलतर्फको १९ जना जिल्ला सदस्यका लागि भएको निर्वाचनमा देबेन्द्र चम्लागाई सर्वाधिक ३४५ मत पाएर बिजयी भएका…

प्रतिकृयाहरू