केशब चापागाईं
मदरगाछ,मंसिर १६।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदसी गाउँपालिकाले आयोजक सगरमाथा युथ क्लबलाई पराजित गरेको छ।
झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा आज बिहिबार सम्पन्न खेलमा बाह्रदसीले आयोजकलाई निर्धारित लक्ष्यमा पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको आयोजकले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै ११४ रन बनाएको थियो।
११५ रनको विजयी लक्ष्य पछ्याएको बाह्रदसीले सहजता पूर्वक विजयी लक्ष्य पछ्याएर ६ विकेटको क्षतीमा सहज जित हात पारेको थियो ।
आयोजकको तर्फबाट साजन खानले २६ बलमा ४८ रन र धर्मेन्द्र मण्डलले २२ बलमा १३ रन बनाए। जसमा बाह्रदशीको बलिंग तर्फ अल्मास आलमले २ विकेट, राजा शहनीले २ विकेट लिएका थिए।
त्यस्तै दोस्रो इनिंगमा बाह्रदशीको तर्फबाट सबै खेलाडीहरुले सानो-सानो अंक जोड्दै ११५ रनको लक्ष्यलाई सहजता पूर्वक पछ्याए। जस-अन्तर्गत बाह्रदशीको तर्फबाट व्याटिंगमा जाहिद आलमले १५ बलमा २९ रन, अल्मासले २२ बलमा १२ रन जोड्न सफल भएका थिए ।आयोजकको बलिंग तर्फबाट राकेश मण्डलले ४ ओभरमा ३ विकेट तथा धर्मेन्द्र मण्डलले ४ ओभरमा १ विकेट लिएका थिए | ।
खेलमा म्यान अफ द म्याच बाह्रदसीका अल्मास आलम घोषित भए।
प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता
प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।
झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता आउँदो मंसिर २३ गते सम्पन्न हुने क्लबका अध्यक्ष रोहित कर्णले जानकारी दिए।
प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।