Kanakai Online

रानिवन सरसफाईमा जुट्यो उपभोक्ता समिति


बुधवार, मंसिर १५, २०७८ |

शरणामती,मंसिर १५।झापाको झापा गाउँपालिका स्थित रानीवन सरसफाईमा उपभोक्ता समिति जुटेको छ।

रानीवनलाई सिमसार क्षेत्र बनाउने योजनाका साथ उपभोक्ता समिति सरसफाई अभियानमा जुटेको हो।झापा-६ र ७ मा पर्ने वनमा सिमसार क्षेत्र बनाउने योजनाका साथ निर्माण गरिएका पोखरी,बाल उद्यान,टहराहरुको सरसफाईमा गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्रकुमार आङदम्बेले बताए।´हामीले पोखरी पनि सफा गर्दैछौ,पोखरीमा पर्यटकलाई मनोरञ्जनका लागि बोटिङ समेत ल्याइसकेका छौ उनले भने।’रानीवनमा बनाइएको बाल उद्यानमा समेत बालबालिका लागि खेल्ने सामग्री ल्याइसकिएको छ।

झापा क्षेत्र नं-४ साम्सद विकास कोष अन्तरगत आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम रानी वन पर्यटन प्रवधन तथा भौतिक पुर्वाधार निर्माण र झापा गाउँपालिकाको साझेदारी कार्यक्रम अन्तर्गत रानीवन सिमसार क्षेत्र बनाउने अभियानमा जुटेको आङदम्बेले बताएका छन् ।पर्यापर्यटन बाट १५ लाख रुपैयाँ,झापा गाउँपालिकाबाट २ लाख रुपैयाँ र जनश्रमदान ४ लाख १७ हजार ६५० रुपैयाँ गरेर कन्सलटेन्सी कटौती सहित कुल २० लाख ८३ हजार ६५० बजेट आएपछि रानीवनलाई पर्यटकको थलो बनाउन सहयोग पुग्ने समिति बताउछ।

यस अघि हावा घर,बाल उद्यान,पोखरी र टिकट घर अघिल्लो समितिले निर्माण गरिसकेको थियो।पर्यटकलाई आकर्षक गन्तव्य बनाउन थप मनोरञ्जनका उपकरणहरु खरिद गर्न अबको कार्यक्रमले टेवा पुग्ने स्थानीयले बताएका छन् ।