Kanakai Online

झापा गाउँपालिकामा कुकुर आतंक-स्थानीय चिन्तित


सोमवार, मंसिर १३, २०७८ |

शरणामती,मंसिर १३।बिगत हप्ता दिन देखि झापा गाउँपालिकामा कुकुर आतंक बढेको छ।

झापा-७ मा पर्ने झाँगाटोलीमा छाडा रहेका कुकुरको आतंक बढेको हो।कुकुरले चौपाया आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।भुसिया कुकुरको बिगबिगी बढेपछि चौपायालाई आक्रमण बढेको स्थानीय भक्त राईले कनकाई अनलाइनलाई बताए।बिगत पाँच दिन यता कुकुरले कबिराज थापा,माया क्षेत्री,मनज्योती तामाङ्ग,गोमा आचार्य,पब्लु गुरुङ्ग लगायतका बाख्रा माथी आक्रमण गरेको उनले जानकारी दिए।

भुसिया कुकरको जमातले कुखुरा हाँसलाई समेत आक्रमण गरेको स्थानीयले बताएका छन् ।मानिसमा समेत आक्रमण गरेको र यो शिलसिला अझै बढ्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन।सांकेतिक तस्बिर

सम्बन्धित खबर