Kanakai Online

झापा गाउँपालिकामा भोलि देखि क्रिकेटको महासंग्राम(खेल तालीका सहित)


आइतवार, मंसिर १२, २०७८ |

शरणामती,मंसिर १२।झापाको झापा गाउँपालिकामा भोलि सोमवार देखि क्रिकेट प्रतियोगिताको महासंग्राम सुरु हुने भएको छ।

स्थानीय झापा-७ मा रहेको जनकल्याण माविको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष रोहित कर्णले बताए।

सगरमाथा युथ क्लब तथा वडा नं ७ को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका १२ टीमले भाग लिएको कर्णले जानकारी दिए।

मंसिर १३ गते देखि सुरु भएको प्रतियोगिता मंसिर २३ गते सम्पन्न हुनेछ।प्रतियोगिता एलबिड्ब्लु बाहेक आइसीसीको नियम बमोजिम खेलाइने भएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।

सम्बन्धित खबर