कनकाई अनलाईन
नेपाली कांग्रेसको १४ औ महाधिवेनको झापा जिल्ला समितिको पदाधिकारीको निर्वाचनमा कृष्णप्रसाद सिटौला प्यानलै बिजयी भएको छ । हिजो भएको निर्वाचनमा आज दिउसो अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
सिटौला समुहबाट जिल्ला सभापतिमा उम्मेद्धारी दिनुभएका देउमान थेबे १७ सय ६५ मतका साथ बिजयी हुनुभएको छ । थेबेका प्रत्यासी पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका तर्फबाट उम्मेद्धारी दिएका राम कट्टेलले १५ सय १५ मत मात्रै ल्याउनुभयो । थेबेले कट्टेललाई २५० मतले पराजित गर्नुभयो । झापाका ५ क्षेत्रमध्ये ४ क्षेत्र १,२,४ र ५ मा कट्टेल समुह अगागि रहेकोमा कृष्ण सिटौलाको क्षेत्र नम्बर ३ मा अन्तिममा गणना गर्दा थेबेले अग्रता उल्टाउनु भएको हो ।
यसैगरि उपसभापतिमा समेत थेवे प्यानलबाटै उम्मेद्धारी दिनुभएका केशवराज पाण्डेले १८८९ मत र शेरबहादुर भट्टराईले १६७४ मतका साथ बिजयी हुदा शर्माको प्यानलबाट उम्मेद्धारी दिने प्रेम सम्बाहाम्फे १४ सय १५ र केदारसम्सेर गिरीले १२ सय २१ म्त मात्रै ल्याउनुभयो ।
यसैगरि सचिव पदमा समेत सिटौला प्यानलकै नविन बिमली १८३८ र कृष्ण हुमागाई १६७६ मत ल्याउदै बिजयी हुनुभयो । सचिवमा शर्मा प्यानलबाट विश्वदिप लिङदेन १४३१ र टुमलाल राजवंशी १३२१ मत ल्याउनुभयो । यसैगरि उपसचिवमा समेत सिटौला प्यानलकै कालेन्द्रप्रसाद राजवंशी १७६५ मत र कमलप्रसाद भण्डारी १६६० मतका साथ बिजयी हुनुभएको निर्वाचत समितिले जनाएको छ । उपमहासचिवमा शर्मा प्यानलका उमाराम प्रसाई १३३७ र पदम लिम्बुले १३४७ मत ल्याएर पराजित हुनुभयो । झापामा ३३११ म्त खसेको थियो ।
फोटो ः बिजयी देउमान थेबे