Kanakai Online

भारतीय मल तस्करका कारण सुरुङ्गाका मल व्यापारी वदनाम ,कृषक मारमा


शनिवार, मंसिर ११, २०७८ |

आइपी भट्टराई
भारतीय मल व्यापारीका कारण यस क्षेत्रका मल व्यापारीहरुले समेत वदनामी कमाउनु परेको छ भने यस क्षेत्रका कृषकहरु समेत मर्कामा परेका छन ।


सरकारले विक्रीका लागि पर्याप्त मात्रामा मलखाद उपलब्ध गराउन सकेको छैन । जसकारण यस क्षेत्रका मल व्यापारीहरु वढीजसो मलका लागि भारतीय केरियरको भर पर्नुपर्ने बाध्यतामा परेका छन । भारतीय व्यापारीसग कारोवार गर्दा यस क्षेत्रका व्यापारीहरुले वदनामी कमाउनु परेको छ भने कृषकहरु जहिल्यै मारको मारमा रहेका छन ।

प्रायजसो भारतीय केरियार र व्यापारीले वढी मुनाफा कमाउने उदेश्यले नक्कली मल जाँच बुझ नगरीकन बनाएरै पनि विक्री गर्ने गरेको पाइएको छ । उक्त नक्कली मल व्यापारीले समेत नाफाको लोभमा परि विना जाँचबुझ किनेर गोदाममा राख्दा र विक्री गर्दा व्यापारी समेत प्रहरी फन्दामा पर्ने गरेका छन भने यसको असर समेत कृषकमा परेको पाइएको छ । सुरुङ्गाको भट्टराई कृषि भण्डार समेत पछिल्लो समयमा भारतीय केरियारले बनाएरको नक्कली मलको भण्डारण गरि विक्री गर्दा हाल यो काण्डले बजार तताएको छ ।

भारतीय केरियारको कुरालाई विश्वासमा लिएर १४ बोरा मल खरिद गरेका भट्टराईले आधा बोरा मल पोटास विक्री गर्नसाथ नक्कली जस्तो लागेर शंका लागिरहेकै वेला प्रहरीले भट्टराई कृषि भण्डारबाट उक्त मल लगेको छ हाल यसवारेमा प्रहरीले अनुुसन्धान गरिरहेको पनि छ । प्रहरीले केहिलाई पक्राउ गरि अनुसन्धान गरिरहेको वेला कृषक भने कुन सक्कली कुन नक्कली मल छुट्टाउन नसक्दा र सरकारले पर्याप्त मलखादको व्यावस्था गर्न नसक्दा कृषक र व्यापारी कुन नक्कली कुन सक्कली छुट्टाउन नसकिकन दोहोरो मारमा परेका छन ।