कुमरखोद,मंसिर ११।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रदेश नं-१ कमिटिका सदस्य ज्योती सिंह दर्लामी मगरले पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई चुच्चे नक्सा देखाएर खोक्रो राष्ट्रबाद प्रदर्शन गरेको आरोप लगाएका छन् ।
नेकपा (माओवादी केन्द्र) झापा गाउँपालिका झापाको प्रथम गाउँ सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रचन्डकै बलजफ्तीमा नक्सा बनाएको र ओलीले पछि पाठ्यक्रमबाटै गायव बनाएको आरोपसमेत लगाए।
ओलीले दुईपटक सम्म संसद बिघठन गरेको भन्दै दर्लामीले ओली तानाशाहा बन्न खोजेको बताए। केपी ओली जतीखेरै अर्कालाई गाली गर्नमै व्यस्त हुन्छन।राजनिती संस्कारसम्म भुलेका छन उनले भने ´ ओलीको तानाशाह प्रबृत्तिलाई अब जनताले बुझिसकेका छन् ।`
आफ्नो अधिकांस समय एमालेमा खर्चेका उनले आफ्नै पार्टीको नेतृत्वमा सुकुम्बासी आयोग समेत बनेको दावी गरे।