केशब चापागाई
शरणामती,मंसिर ९।दिव्यरत्न अंग्रेजी माध्यमिक विद्यालयमा हातमा फूल र गलामा खादा र फूलको मालामा बिहीवार भेटिएकी प्रेरणा प्रफुल्ल थिइन।सारेगम लिटिल च्याम्पियनमा १४ औं स्थानबाट बाहिरिएकी उनी विद्यालयको न्यानो माया र सम्मान पाएर हारेर पनि खुसी थिइन।म त्यो स्थानमा पुग्न सके म यसमै खुसी छु ´उनले भनिन् ।
झापा कनकाई नगरपालिका-५ सुरुङ्गाकि प्रेरणा ओली हरेक शुक्रबार र शनिबार ग्यालेक्सी फोरके टेलीभिजनबाट प्रसारण हुँदै आएको सारेगम लिटिल च्याम्पियनमा उत्कृष्ट प्रस्तुती दिएर उत्कृष्ट १४ मा पर्न सफल भएकी थिइन।तर, भोटिङ राउन्डमा पुगेपछि भोट नपुगेर उनी प्रतियोगिताबाट बाहिरिएकी हुन।प्रतियोगिताबाट बाहिरिए पनि स्कुलको सम्मान र प्रेरणा पाएको छु,अझै अघि बढ्न सक्ने हौसला पाएको छु ´ओलीले भनिन् ।
उत्कृष्ट गायन कला भएकी प्रेरणा भविष्यको चम्किलो तारा हुने कुरामा दुईमत नरहेको प्रअ सागर ढुङ्गानाले दावी गरे।भोटको आधारमा भोट नपुगेर बाहिरिएकी हुन् ,फेरि अर्को पटक कोसिस गर्नेछिन् ढुङ्गानाले भने।
ओलीलाई बिहीवार दिव्यरत्न अंग्रेजी माविले च्याम्पियनमा भाग लिएर उत्कृष्ट १४ औं स्थानमा पर्न सफल भएको भन्दै सम्मान गरेको छ।ओलीले हारेकी होइनन् जितेर आएकी हुन् विद्यालयका प्रधानध्यापक ढुङ्गानाले बताए ओली यस विद्यालयकी गहना हुन् ।
को हुन् “प्रेरणा”
बुबा प्रेम ओली र आमा हेमकुमारी ओलीको जेठी छोरी प्रेरणा अहिले १४ वर्षकी भइन।सानै देखी सङ्गीतमा रुचि राख्ने उनी दिव्यरत्नमा ९ कक्षामा अध्ययनरत छिन।
आर्थिक अवस्था कमजोर रहेको ओली परिवारले छोरीको संगीतप्रतिको रुचीलाई पूरा गर्न सक्ने स्थिति थिएन।प्रेरणालाई संगीत कक्षाको समेत खाँचो थियो।सम्भु सुस्केराको अध्ययन खर्चमा साधना कला केन्द्र सुरुङ्गामा धुब्र पाठकबाट संगीत कला सिकेकी ओलीले आफ्नो विद्यालयमा समेत संगीत शिक्षक कुमार पालुङ्गबाट संगीत विद्या सिक्ने गरेको प्रअ ढुङ्गानाले बताए।
विद्यालयले प्रेरणाको संगीत र सुमधुर आवाजलाई जिल्लाका साना ठुला प्रतियोगितामा समेत समेटेको छ।जिल्ला प्याव्सनको आयोजनामा भएको प्रतियोगितामा समेत प्रेरणा एक पटक प्रथम भएको आमा हेमकुमारीले बताइन।
विद्यालय र परिवारको न्यानो माया पाएकी प्रेरणा देशकी प्रेरणा बन्न सकुन।गायन क्षेत्रमा चम्किलो तारा बन्न सकुन।हारेर पनि जीतेकी उनले यही हारलाई जीत बनाउन सकुन।