सुरुङ्गामा बोलेरोको ठक्करबाट बोहोराको मृत्यु


कनकाई अनलाईन
पुर्वपश्चिम राजमार्ग स्थित झापाको कनकाई नगरपालिका–२ जामुनवारीमा बोलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कन्काई नगरपालिका ६ का ६० बर्षीय कबिराज बोहोरा रहेका छन् । मंगलवार दिउसो ४ बजेतीर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाईकललाई सोही दिसा पछाडीवाट आउँदै गरेको मे १ ज १४०५ नम्बरको बोलेरो गाडीले ठक्कर दिएको थियो ।

बोलेरोको ठक्करबाट घाईते भएका बोहोराको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनाबाट बोलेरोमा सवार चार जना यात्री समेत घाईते भएका छन् घाईतेहरुको बिर्तामोडको बिभिन्न अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बोलेरो र चालक इलाम देउमाई नगरपालिका १ का २७ बर्षीय निमेश गुरुङ इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौ : नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। सोमवार मन्त्रालयले आयोजना…

केशब चापागाईंमदरगाछ,मंसिर २०।झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा बाह्रदशी गाउँपालिकाले कनकाई नगरपालिकालाई पराजित गर्दै अन्तिम चारमा स्थान…

सुरुङ्गा,मंसिर १९।झापाको दमक नगरपालिकामा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले साखा विस्तार गर्ने क्रममा कनकाई नगरपालिकामा सेवा कार्यालय स्थापना…

प्रतिकृयाहरू