कनकाई अनलाईन
राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नम्बर ४ को ख बाट १० जना प्रतिनिधि छनौट सर्वसम्मत रुपमा भएको छ ।
पार्टीको केन्द्रिय अधिवेशनका लागि झापा ४ ख बाट सर्वसम्मत रुपमा खुल्ला तर्फबाट खेमराज कार्की,जीवन थापा, डम्बर कार्की, खडग थापा चयन हुनुभएको छ । यसैगरि महिलाबाट मिना पाठक, अम्बिका रिजाल र भावना गिरी आदिवाशी जनजातिबाट तारा राई र सुमन लिङ्देन र उत्पीडितबाट तुलसा विक सर्वसम्ममत केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ ।
यहि मंसिर महिनाको १५ गतेदेखि १७ गतेसम्म राप्रपाको केन्द्रिय महाधिवेशन हुदै छ ।